Logo
Logo

काठमाडौंबाट तस्करी भएको एक किलो सुनसहित एक पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० बैशाख ।
काठमाडौंबाट तस्करी भएको एक किलो सुनसहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गौरस्थित बसपार्कबाट एक किलो सुनसहित शुक्रबार बिहान गौर नगरपालिका– ५ का अनुकेश कुमार साहलाई पक्राउ गरेको हो।

लामो समयदेखि अवैध सुन व्यापार गर्दै आएको सूचनाका आधारमा साहलाई पक्राउ गरेको हो। काठमाडौंबाट आएको रात्रि बसबाट आर्लिंदै गर्दा उनलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए।

प्रहरी नियन्त्रणमा रहेका साहमाथि थप अनुुसन्धान भइरहेको एसपी खत्रीले जानकारी दिए। उनले भने, ‘साहले काठमाडौंबाट ल्याएको उक्त सुन भारतीय बजारमा लैजाने आशंका गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्