Logo
Logo

युनाइटेडको उत्कृष्ट कमब्याक



काठमाडौं । रोनाल्डोको गोलमा युनाइटेडको उत्कृष्ट कमब्याक गरेको छ । मारियो पासालिक र मेरिह डेमिरालले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० गोलले पछि परेको थियो ।

हाफटाइम ब्रेकमा युनाइटेडका समर्थक नै आफ्नो टोलीमा माथि खनिन थालेका थिए । तर, दोस्रो हाफमा भने खेलको दिशा नै परिवर्तन भएको थियो ।

खेलको ५३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा मार्कस रासफोर्डले युनाइटेडका लागि पहिलो गोल फर्काए । ७५ औँ मिनेटमा कप्तान ह्यारी मग्वायरले बराबरी गोल गोल । त्यसपछि खेलको ८१ औँ मिनेटमा लुक शको पासमा हेडमार्फत गोल गर्दै रोनाल्डोले पुनरागमन पुरा गरे । प्रतियोगितामा उनको यो १३७ औँ गोल थियो ।

जीतसँगै युनाइटेड ६ अंक सहित समूह एफको शीर्ष स्थानमा उक्लिएको छ । समूहको अर्को खेलमा भिल्लेरियालले योङ ब्वाइजलाई ४–१ गोलले हरायो ।

प्रतिक्रिया दिनुहोस्