Logo
Logo

प्रधानमन्त्रीको टोली बाढी प्रभावित क्षेत्रको अवलोकनमा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका छन् । आइतबार देखि परेको निरन्तर वर्षाका कारण देशमा ठुलो जनधनको क्षति भएको छ ।

सो क्षेत्रको अवलोकन गर्ने विहीबार विहान ८ बजे प्रधानमन्त्री देउवा काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयकासो टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि छन् । उनीहरुको सुरुमा सुर्खेत जाने तयारी छ ।

सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशका भएको क्षतिका सन्दर्भ प्रधानमन्त्रीले बिफ्रिङ प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसपछि प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्ने कार्यक्रम छ । दिपायलबाट प्रधानमन्त्रीको टोली बझाङतिर जाने छ ।
बझाङबाट प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरा प्रस्थान गर्ने छन् ।

त्यसपछि प्रधानमन्त्रीको टोली कञ्चनपुर प्रस्थान गर्ने छ । कञ्चनपुरको अवलोकनपछि प्रधानमन्त्रीको टोली कैलाली जाने तयारीमा छ । कैलालीको अवलोकनपछि प्रधानमन्त्रीको टोली धनगढी बास बस्ने योजनामा रहेको सचिवालयले जनाएको छ ।

यी सबै स्थानमा टोलीले बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम रहेको छ । सो पछि देउवाको टोली शुक्रबार बर्दिया र बाँके हुँदै मात्रै काठमाडौं फर्किने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्