प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान « Drishti News – Nepalese News Portal
Logo

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


दृष्टि संवाददाता


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथीबाट उपरथी दर्जामा पदोन्नती भएका बाबुराम श्रेष्ठलाई एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

यही कात्तिक १ गते बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई उपरथीमा पदोन्नती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बुधबार प्रधानसेनापति शर्माले जंगीअड्डामा आयोजित कार्यक्रमबीच उपरथी श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथी दर्जामा पदोन्नती भएका श्रेष्ठ मध्य कमाण्ड हेडक्वाटरको कमाण्ड सेनापति नियुक्ति भएकी हुन् । दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्