जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेका छन् ।
बिहीबार लाठी र बाँसको भाटासहित खानेपानी कार्यालय पुगेका उनीहरुले नमित्त प्रमुख कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका थिए । कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै उनीहरुले सर्टसमेत च्यातिदिएका छन् ।
कार्यालय प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने पार्टीका १० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पटक–पटक प्रदर्शन गर्दै आएका छन् ।