Logo
Logo

बागमती प्रदेशसभाको बैठक जारी, मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्दै



तस्बिर साभारः अनलाइनखबर

काठमाडौं । निर्धारित समयभन्दा ढिलो सुरु भएको बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दैछन् ।

आज दिउँसो १ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । ३ बजे पछि बस्ने नसकेको बैठक ढिलो गरी ४ बजे सुरु भएको हो । मुख्यमन्त्री शाक्यले असोज २४ गते बसेको बैठकमै विश्वासको मत सम्बन्धी प्रस्तावमा पेश गरेका थिए । आज सोही प्रस्तावमा छलफल हुनेछ ।

१०९ सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री शाक्यको दल नेकपा एमालेसँग ४३ संसदमात्र छन् । अर्कोतिर विपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, नेकपा एकीकृत समाजवादी पार्टीका १३ र जसपाका एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्