Logo
Logo

गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री प्रस्ताव



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई प्रस्ताव गरेको बताएका छन् ।

प्रदेशसभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै जमरकट्टेलले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन् ।

पाण्डेलाई मुख्यमन्त्री प्रस्ताव गर्दै उनले मुख्यमन्त्री शाक्यलाई मार्ग प्रशस्त गरेर वातावरण सहज बनाउनसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्