Logo
Logo

डीआइजी थप्ने गृह मन्त्रालयको तयारी



काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको डीआइजी थप्ने तयारी थालेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार ६ जना डीआईजी र १४ जना एसएसपीको पद थप्ने तयारी थालिएको हाे । डीआइजी र एसएसपीको पद थप्नेबारे छलफल भइरहेको बताइएको छ ।

गृहले यस विषयमा सहमति लिन अर्थ मन्त्रालयसँग छलफल थालेको छ । प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्तावसहितको संगठन सुपरीवेक्षण तथा व्यवस्थापन (ओएण्डएम) प्रतिवेदन यसअघि नै गृह मन्त्रालय पठाइसकेको छ ।

गृह मन्त्रालयले उक्त प्रस्तावमा अर्थ मन्त्रालयको स्वीकृति लिएर मन्त्रिपरिषदमा लैजाने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्