Logo
Logo

फाइजरको खोप सोमबार आइपुग्ने



काठमाडौं । अमेरिकाबाट फाइजरको १ लाख डोज खोप सोमबार (कात्तिक ८ गते) नेपाल आइपुग्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कोभ्यास सुविधाअन्तर्गत अमेरिकाले सो खोप उपलब्ध गराएको हो ।

सो खोप नियमित उडानमार्फत नै नेपाल आइपुग्ने आपूर्ति महाशाखाका प्रमुख ढुंगानाले बताए । १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने सो खोप दीर्घरोगीलाई समेत दिने तयारी भइरहेको महाशाखाले जनाएको छ ।

खरिद प्रक्रियाबाट थप खोप आउनेबारे भने निश्चितता नभएको आपूर्ति महाशाखाले जनाएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्