Logo
Logo

ओलीले देशभरको वडा अधिवेशन एकैसाथ उद्घाटन गर्ने



काठमाडौं । नेकपा एमालेको एकैसाथ देशभरका वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । देशभरका करीब ६ हजार वडामा एकैपटक अधिवेशन आयोजना गदै अध्यक्ष ओलीले भर्चुअल सम्बोधन गर्ने व्यवस्था मिलाएको हो ।

एउटा वडामा मात्र अध्यक्ष भौतिक रुपमा उपस्थित भएर उद्घाटन गर्नुभन्दा देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयमा ‘वार रुम’मा जोडेर एकैपटक अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष ओलीले केन्द्रीय कार्यालयबाट वडा अधिवेशनहरुको उद्घाटन र शुभकामना मन्तव्य दिनेछन् । त्यसक्रममा दुईदेखि साढे दुई लाख कार्यकर्ता प्रत्यक्ष रुपमा भर्चुअल माध्यमबाट जोडिने अनुमान एमालेले गरेको छ । इन्टरटेन पहुँच भएका सबै वडा अधिवेशनस्थलमा जुम आइडीको लिंक पठाइने उनले बताए ।

सकेसम्म सर्वसममत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न केन्द्रले सर्कुलर जारी गरेको छ । पहिलोपटक स्थानीय तहका अधिवेशन हुन लागेकाले एमालेले अधिवेशनको संख्या पहिलो भन्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्