Logo
Logo

प्रचण्ड जिपलाइनरमा सरर, भने- ‘निक्कै मज्जा आयो’



काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बिहान जिपलाइनर गरेका छन् । पारिवारिक भ्रमणका क्रममा बिहीबार निस्किएका अध्यक्ष प्रचण्डले धुलिखेल पुगेर जिपलाइन गरेका हुन् । उनी नाति नातिनीसहित धुलिखेल पुगेका थिए ।

साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । बिहीबार फेस हुने बताउँदै परिवारसहित सुकेटतिर निस्केका प्रचण्डले भ्रमणमा निस्किँदा साहसिक खेल खेल्दा झै मज्जा आउने बताए । बिहीबार सुकुटे बीच पुग्नेवित्तिकै उनले भोटेकोशीमा १२ मिनेट र्याप्टिङको समेत मज्जा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्