Logo
Logo

कर्णाली प्रदेश सरकारले बाढीपहिरामा परी मृत्यु भएका परिवारलाई दुई लाख दिने



सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरुलाई निःशुल्क उपचार गरिदिने भएको छ । शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

कर्णालीमा गत आइतबारदेखिको निरन्तर वर्षाका कारण ८ जनाको ज्यान गएको छ भने केही घाइते समेत भएका छन् । बाढीपहिरोलगायत विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपद दुर्घटना वीमाबाट प्राप्त हुने २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।

विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिञ्चाई र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्न मुख्यमन्त्री शाहीले निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्