Logo
Logo

विकास मेराग्लिया च्यासलमा आबद्ध



काठमाडौं । इटालीमा व्यवसायिक फुटबल खेल्दै आएका नेपाली मूलका इटालियन खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबमा आबद्ध भएका छन् । युवा स्ट्राइकर विकासले शुक्रबार ‘ए’ डिभिजन क्लब च्यासलसँग एक वर्षका लागि सम्झौता गरेका हुन् ।

इटालीबाट १३ वर्षपछि नेपाल फर्केका मेराग्लियाले यसै महिना सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने पक्का भएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमका बीच च्यासलका अध्यक्ष रमेश बेञ्जनकार र विकासले एक वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उनी सन् २००८ मा ६ वर्षको उमेरमा इटाली गएयता पहिलो पटक स्वदेश फर्केका हुन् । विकासले इटालीको चर्चित क्लबमध्येको एक एटलान्टा र भेनेजियाकोको जुनियर टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेको जनाएको छ ।

च्यासलका अध्यक्ष व्यनजनकारले विकासलाई आफ्नो क्लबबाट लिग खेलाउन पाउँदा खुसी लागेको बताएका छन् । च्यासल तेस्रो पटक ए डिभिजन लिग खेल्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्