Logo
Logo

काठमाडौँमा घर र सहकारी फोरेर धनमाल चोर्ने एक जना पक्राउ



काठमाडौँ । काठमाडौं उपत्यकामा घर र सहकारी लगायतका संघसंस्थाहरुमा चोरी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले रामेछाप दोरम्बाका ३१ वर्षीय कमल थापामगरलाई चोरीको आरोपमा पक्राउ गरेको हो ।

मगरले सितापाइलास्थित निर्मल गिरीको घरबाट तीन लाख ५८ हजार नगद, सोही स्थानका विश्वनाथ खनालको घरबाट ३ लाख १० हजार, सीतापाइलाकै कृष्ण लामाको घरबाट ४ लाख ३० हजार, मुलपानीस्थित देवी बचत तथा ऋण सहकारीबाट २ लाख, कोटेश्वरस्थित हिलटप सहकारी संस्थाबाट १ लाख ३७ हजार ५ सय बराबरको धनमाल, स्वयम्भूस्थित रुपेश गलानको घरबाट ४ लाख ८० हजारको धनमाल,कागेश्वरीको दिदी सहकारीबाट २ लाख १० हजार चोरी गरेको प्रहरीले जनाएको छ ।

कात्तिक ४ गते कोटेश्वरबाट पक्राउ परेका मगरलाई महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्