Logo
Logo

पाँचथर पहिरोमा परी मृत्यु हुने ३० जनाको सनाखत, अझै ४ जना बेपत्ता



पाँचथर । पाँचथर जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३० जना पुगेको छ ।

शुक्रबार फाल्गुनन्द गाउँपालिका–४ का ८ वर्षीय मिक्तोक चेम्जोङ र फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगरको शव भेटिएसँगै मृतकको संख्या ३० पुगेको हो ।

यसअघि नै मृत्यु भएका २८ जनाको सनाखत भइसकेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार अझै चार जना बेपत्ता छन् ।

उनका अनुसार मिक्लाजुङ गाउँपालिकामा ३ र फिदिममा १ गरी ४ जना बेपत्ता छन् । उनीहरुको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेको प्रजिअ ढकालले बताए ।

यसअघि फिदिम १३ लुङ्रुपाका २२ वर्षीय ममता लिम्बू, फिदिम १३ लुङरुपाकै ४ वर्षीय रोयन मगर, फाल्गुनन्द गाउपालिका ३ मालिङ्गेका १० वर्षीय युगेश तामाङ, मालिङगेकै फुर्वा तामाङ, फाल्गुनन्द ४ च्याप्लुङका ३५ वर्षीया रामप्यारी तुम्बापो चोम्जोङ, कुम्बायक २ लाक्तोपाका ४० वर्षीया डम्बरकुमारी शेर्मा, मिक्लाजुङ ५ का ७५ वर्षीय धनबहादुर लावती, ३६ वर्षीय चन्द्रकला राई र अठभैयाका ३५ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको थियो ।

त्यस्तै, मिक्लाजुङ गाउँपालिका ५ सितेम्बाका ४७ वर्षीय मनबहादुर राई, ४६ वर्षीया बिमला श्रेष्ठ राई, मिक्लाजुङ ५ पञ्चमीका ३१ वर्षीय बिष्णुबहादुर लावती, ३१ वर्षीय सन्दीप लावती, १७ वर्षीय अनिल राईर्, १७ वर्षीया अनिया चेम्बाङ, २८ वर्षीय प्रताप चेम्बाङ, ६५ वर्षीय पदमसिंह चोम्बाङ, ३१ वर्षीय सुरज चोम्बाङ र ५५ वर्षीया भद्रमायाको मृत्यु भएको थियो ।

त्यसैगरी, मिक्लाजुङ गाउँपालिका वडा ४ पञ्चमीका २५ वर्षीय बबिन राई, २७ वर्षीय अनिल राई र धनकुटाका ६० वर्षीय मगर साइलासमेत पहिरोमा परेर मृत्यु भएका छन् ।

मिक्लाजुङ गाउँपालिका २ नाकेदिमस्थित ५१ वर्षीय मानमती शेर्मा, २१ वर्षीया निशा शर्मा, वडा नम्बरका ७ मनमाया राई र बीरमान राईको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्