Logo
Logo

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक कात्तिक १२ गते बोलाउने निर्णय गरेको हो ।

१२ गते बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बैठक बस्ने तय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा १० औं महाधिवेशनबारे छलफल हुनेछ ।

बिहीबारको स्थायी कमिटी बैठकले १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । एमालेको महाधिवेशन मंसिर १०१२ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्