Logo
Logo

एकीकृत समाजवादीको ७३ जिल्ला कमिटी गठन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ७३ जिल्ला कमिटी गठन गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले शुक्रबार जारी गरेको विज्ञप्तिमा चारवटा गैरभौगोलिक जिल्ला कमिटी गठन गरेको जनाएका छन् । पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरिएको छ ।

खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘देशका ७३ वटा भौगोलिक जिल्ला र ४ वटा गैरभौगोलिक जिल्ला कमिटीहरु गठन भएका छन् । भौगोलिक जिल्ला कमिटीमध्ये गठन गर्नका निम्ति तय भएका कार्यक्रमहरु पछिल्लो समयको वर्षा, बाढी, पहिरो र सडक दुर्घटनाको श्रृंखला बढेका कारण स्थगित भएको हो ।’

अहिले सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन् । देशबाहिर विभिन्न प्रवास कमिटीसमेत गठन भइरहेका छन् । पार्टी निर्माणका पक्षमा देशभरका हजारौं युवा, विद्यार्थी कार्यकर्ताको स्वःस्फूर्त सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्