Logo
Logo

भूमि आयोगले पाएन पूर्णता



काठमाडौं । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या सामधानका लागि गठन गरिएको भनिएको राष्ट्रिय भूमि आयोग (सुकम्बासी आयोग) दुई महिनादेखि दुईजना मात्र पदाधिकारीको भरमा चलेको छ ।

गत साउन १९ गते सरकारले देवी ज्ञवाली नेतृत्वको तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको थियो । त्यसको १० दिनपछि सरकारले राष्ट्रिय भूमि आयोग गठन आदेश जारी गर्‍यो । भूमि आयोग गठन आदेश जारी भएगत्तै सरकारले भूमि आयोगमा दुईजना पदाधिकारी नियुक्त गर्‍यो । अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्का नियुक्त गरिए ।

दुवै पदाधिकारीले शपथ पनि गरे । विभागीय मन्त्रीको हैसियततले प्रधानमन्त्री शेरबहादुर देउवाले निरौलालाई शपथ गराए । शपथ ग्रहण गरेलगत्तै निरौला र खड्काले पदभार ग्रहण गरे । उनीहरूले पदभार ग्रहण गरेको दुई महिना पूरा भएको छ। तर, दुई महिनाभन्दा लामो समयदेखि दुईजनाले मात्र आयोग चलाएका छन् ।

सोल्टीमोडस्थित आयोगको केन्द्रीय कार्याल यतिखेर सुनसान छ । अहिले आयोगका दुई पदाधिकारीको काम आयोगलाई पूर्णता दिन आग्रह गर्दै विभागीय मन्त्रीलाई भेट्नु मात्र भएको छ । आयोगले गर्नुपर्ने अन्य कार्यसम्पादन गर्न उनीहरू अलमलमा परेका छन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्