विराटनगर विमास्थलमा उडान सुरु « Drishti News – Nepalese News Portal
Logo

विराटनगर विमास्थलमा उडान सुरु


दृष्टि संवाददाता


तस्विर फाईल

काठमाडों । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको हो । सोहीअनुसार आज बिहानैदेखि उडान सुरु भएको नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

उडान तालिका बिहानदेखि साँझ पाँच बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालीन उडान भने तत्काल नहुने भएको छ ।

तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने प्राधिकरण स्रोतको भनाई छ ।
उपकरणहरु चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडानसमेत हुनेछ । आ

प्रतिक्रिया दिनुहोस्