Logo
Logo

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा अम्मरबहादुर



काठमाडों । नेकपा (एकीकृत) समाजवादीको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापाले पाएका छन् । थापालाई शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले उक्त जिम्मेवारी दिएको हो ।

थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत हुन् । एमालेमै छँदा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थापा त्यसपछि उनी मन्त्री बनेका थिए ।

यस्तै सह–इञ्चार्जको जिम्मा चन्द्रबहादुर शाही, हंस शाही, शेर बहादुर केसी र ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्