Logo
Logo

‘कमजोर अनुसन्धानका कारण अपहरणकारीलाई सफाइ’



काठमाडौं । कमजोर अनुसन्धानका कारण अपहरणसम्बन्धी कसूरका अभियुक्तले सफाइ पाएको निष्कर्षसहित तीन प्रहरी अधिकारीमाथि कारबाही गर्ने भएको छ ।

भ्याल्ली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्नमध्येका एक दुर्गाबहादुर बुढाथोकीले सफाइ पाएपछि छानविनका लागि गठित समितिले तीन प्रहरी अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी चक्रबहादुर सिंहको नेतृत्वमा बनेको छानविन समितिले काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक नानीकाजी थापासहित एक/एक जना असई र हवल्दारलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।
सिंह नेतृत्वको समितिले मुद्दा कमजोर बनाउने नियत नभएपनि उनीहरुले लापरबाही गरेको निष्कर्ष निकालेको छ । साथै, आगामी दिनमा काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दा शाखा प्रहरी उपरीक्षकको नेतृत्वमा राख्न समेत सुझाव दिएको छ ।

काठमाडौं प्रहरी परिसरमा मुद्दाको चाप बढी हुने हुँदा अनुसन्धान अधिकृतले सबै कुरामा ध्यान नदिएको छानविन समितिको निष्कर्ष छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४ पुस २०७७ मा भारतबाट बुढाथोकीलाई पक्राउ गरेको थियो । प्रहरीसँगको बयानमा उनले रावलको अपहरणमा संलग्नता स्वीकारेका थिए ।

अनुसन्धान अधिकृतले उनी नेपाली नागरिक भएको प्रमाणित गर्ने आधार बुझाएका थिएनन् । त्यसैमा टेकेर जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले बुढाथोकीलाई सफाइ दिने विवादास्पद फैसला गरेका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधकिृतले सर्लाहीबाट बुढाथोकीले नागरकिता लिएको प्रमाण मसिलिमा समावेश नगरेका कारण उनले आफूलाई ‘म नेपाली नै होइन’ भन्ने दाबी गरे । उनको दाबीलाई न्यायाधीशले पत्याएपत्याएपछि आरोपीले सफाइ पाए ।

प्रतिक्रिया दिनुहोस्