Logo
Logo

कोप-२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै



काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि (युएनएफसीसीसी) पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप–२६) मा नेपालले हिमालमा हिउँ पग्लिएको विषयलाई प्रथमिकता दिने भएको छ ।

सर्वोच्च शिखर सगरमाथालगायत तीन हजार भन्दा बढी हिमाल भएको देश नेपालले यो सम्मेलनमा ‘माल्ट माउन्ट’को मुद्दा प्रमुख रुपमा उठाउने तयारी गरेको छ। कात्तिक १५ गतेदेखि शुरु हुने कोप–२६ मा जलवायु परिवर्तनले पारेको असरका कारण हिमालमा हिउँ पग्लिएर हिमरेखामाथि चढ्न थालेपछि यो मुद्दाका विषयमा समग्र देशको सरकारी तथा गैरसरकारी संस्थाको संयुक्त अवधारणापत्रमा समेत उठेको छ ।

जलवायु परिर्वतन सम्बन्धी पक्ष मुलुकहरुको २६ औं सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागी जनाउनु हुने भएको छ । सरकार प्रमखको नेतृत्वमा सहभागिता जनाउने भएपछि जलवायु जन्य क्षति र हानी नोक्सानीको मुद्धालाई विशेष प्राथमिकता दिएर उठाउने तयारी नेपालले गरेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिनुभयो ।

नेपालमा आठ हजार मिटर माथिका मात्र आठ वटा हिमाल रहेका छन् भने बाँकी सानासहित ४०४ वटा हिमाल सरकारले पहिचान गरी आरोहणका लागि खुल्ला गरेको छ । जलवायु परिवर्तनको असर बढी नेपालले सामना गर्नु परेकाले यी विषयसँगै यी मुद्दा प्रमुख हुनेछ, उहाँले भन्नुभयो ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्र र सो क्षेत्रको पारिस्थितिकीय प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमा प्रभाव पारेको उहाँको भनाइ छ ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्