Logo
Logo

धादिङमा गुडिरहेको बसमा आगलागी



काठमाडौं । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीका अनुसार सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ प १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको हो ।

इलेक्ट्रिक सट भएर बसमा आगो लागेको उनले बताए । उनका अनुसार बसको अधिकांश भाग जलेको छ । मानवीय क्षति भने नभएको उनल ेबताए । ‘बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन्’, डिएसपी भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस्