Logo
Logo

जसले पहिरोमा सर्वस्व गुमाए



काठमाडौं । दर्के झरीको आवाजले सोमबार बिहान साढे ३ बजे नरे पार्कीको निद्रा खुल्यो । उठेर बाहिर आउँदा घरवरिपरि खोलाजत्रै पानीको भल बगिरहेको थियो । गाउँको पुछारमा बग्ने डिक्लीगाडखोला चर्को आवाजले गडगडाइरहेको थियो ।

बझाङको थलारा गाउँपालिका–४, डिक्ला गाउँको पूर्वी कुनामा बस्ने पार्की आत्तिए । उनको घरभन्दा करिब १ किलोमिटरमाथि ढोगदिना डाँडामा गत वर्ष नै सानो पहिरो सुरु भएको थियो । ढोगदिनाको पहिरो फुट्यो भने घर रहँदैन भन्ने डर उनमा थियो । ‘मान्छे त जोगाउनुपर्‍यो भनेर आमा, श्रीमती र केटाकेटीलाई ब्युँझाँए । झरीमै हामी सबै छिमेकी गगने सार्कीको घर गयौं,’ ५५ वर्षीय पार्कीले सुनाए ।

करिब सय मिटर दूरीमा रहेको पार्कीको घरमा (जहाँ १८ जना थिए) जहान परिवार पुर्‍याएपछि अब त सुरक्षित भइयो भनेर ढुक्क भएका उनले एक्कासि सम्झे– पहिरोले घर नै बगायो भने के खाने ? गगनेका छोरा कलकलाई लिएर घर फर्के अनि एकएक बोरा धान उठाए ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्