Logo
Logo

लुम्बिनी-६ को एमाले सचिवमा १९ बर्षीया झरना चौधरी चयन



रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ मा १९ वर्षकी झरना चौधरी वडासचिवमा सर्वसम्मत चयन भएकी छन्। त्यस्तै वडा नं १ का २६ वर्षीय सुरज कलवार वडा कमिटीको अध्यक्षमा चयन भएका छन् ।

कलवार पनि सानै उमेरमा नेकपा एमाले लुम्बिनी साँस्कृतिक नगर वाड नं. १ को अध्यक्ष बनेका हुन् । राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नम्बर पाँचका धेरैजसो ठाउँमा युवा अनुहार आएका हुन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिकामा सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चूअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्