सल्यानमा जिप दुर्घटना, ८ जना घाइते « Drishti News – Nepalese News Portal
Logo

सल्यानमा जिप दुर्घटना, ८ जना घाइते


दृष्टि संवाददाता


सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

आइतबार बिहान पौने ८ बजेतिर सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जिप कपुरकोट–३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटना भएको हो । घाइतेहरुमा बागचौर नगरपालिका वडा नं. १ सल्यान निवासी अन्दाजी १४ वर्षीय आयुस बस्नेत, २२ वर्षीय मनोज बस्नेत, बागचौर नगरपालिका २ का अन्दाजी २७ वर्षीया सीता वली, २८ वर्षीया बविता रावल र उनकी छोरी एसिका छन् ।

यसैगरी गाडी चालक बागचौर नगरपालिका २ का १९ वर्षीय हिक्मत पुनमगर र बागचौर २ कै १९ वर्षीय अर्जुन केसी पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्