Logo
Logo

प्रधानमन्त्री बाढीपहिरो निरीक्षण गर्न पूर्व प्रस्थान



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका जिल्ला तर्फ प्रस्थान गरेका छन् ।​ प्रधानमन्त्री आज पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी–पहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न पूर्वका जिल्ला भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री देउवा पूर्वी जिल्लाको बढी पहिरोबाट प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । आज विहान ८ बजे पूर्वी लागेका प्रधानमन्त्री देउवा आइतबार साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।

यसअघि बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोले पुर्‍याएको क्षतिबारे निरीक्षण गरेका थिए ।

बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकनपछि सरकारले पीडितलाई तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गर्ने तयारी गरिरहेको छ । गत साता आएको बाढी पहिरो र डुबानबाट एक सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने ठूलो मात्रामा धानबाली र भौतिक संरचनामा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्