Logo
Logo

प्रदेश १ : प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग



विराटनगर । नेपाली कांग्रेसले आज बोलाइएको प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीपकुमार भण्डारीलाई लिखित निवेदन दिएको छ । प्रदेश १ को प्रदेशसभामा आइतबार मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदले ‘फ्लोर क्रस’ गर्ने सूचना आएपछि कांग्रेसले बैठक स्थगित गर्न माग गरेको बताएपनि आजै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावितको अवलोकनका लागि प्रदेश १ मा आएकाले प्रदेशसभा बैठक रोक्न माग गरेको जनाएको छ ।

प्रधानमन्त्री देउवा प्रदेृश १ मा आएको र बाढी पहिरो प्रभावित क्षेत्रमा आफ्ना अधिकांश सांसदहरु रहेकाले बैठक स्थगित गर्न माग गरिएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बताए ।

तर, कांग्रेसका तीन र एकीकृत समाजवादीका एक सांसदले फ्लोर क्रस गर्न सक्ने दाबी छ । आफ्ना तीन जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने सूचना आएको कांग्रेसका एक सांसदले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्