Logo
Logo

रौतहटमा ३ जना सिकारी पक्राउ


रुपेन्द्र पटेल


रौतहट । पछिल्लो समय रौतहटको वनमा चोरी सिकारी बढेको छ । जिल्लाको विभिन्न वनबाट काठ तस्करी तथा चोरी सिकारी बढेको स्थानिय वासिन्दाहरु बताउँछन् ।

शनिबार रौतहटको जंगलमा सिकार खेलिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको छ । जिल्लाको रंगपुर साझेदारी वन अन्तर्गत सिकार खेलिरहेको अवस्थामा तीन जना शिकारी पक्राउ परेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन् ।

जंगलमा गरुड जस्तै देखिने पानीमा बस्ने माईग्रेड नामक चरा १४ वटा घाँटी रेटेर मारिएको अवस्थामा गुजरा नगरपालिका वडा नं– ५ लक्ष्मीपुर दोस्तीया बस्ने अकवर मियाँका छोरा अन्दाजी २२ वर्षीय शेराज मियाँ दर्जी, सोही ठाउँका ओसि अकतर मन्सुरीका छोरा १८ वर्षीय कलाम मन्सुरी र २२ वर्षिय मौजाहिर मन्सुरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक अधिकृत बैजनाथ मण्डलले जानकारी दिएका छन् ।

रँगपुर साझेदारी वन कार्यालय र चन्द्रपुर वन डिभिजन कार्यालयका वन कर्मचारीहरु गस्तीमा गएको बेलामा उनिहरुलाई एक थान चक्कु, १५ मिटर डोरी र ३ थान साईकलसहित पक्राउ गर्न सफल भएको मण्डलले बताए । घाँटी रेटेर मारिएको अवस्थामा बरामद भएको उक्त वन्यजन्तु (माईग्रेड नामक चरा) डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा ल्याउर नष्ट गरिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधि, वन कर्मचारी, चन्द्रपुर पुशु सेवा शाखाका प्रतिनिधि, जनप्रतिनिधि र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन् ।

यता पक्राउ परेका तिनै जना माथि वन्यजन्तु अपराध सम्बन्धि मुद्दा चलाउने तयारी भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख अमरदेव यादवले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्