Logo
Logo

प्रदेशसभा स्थगित गर्न एमालेको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता गराएको छ ।

आजको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्तावमा छलफलमा तयारी भइरहेको बेला कांग्रेसले बैठक रोक्न माग गरेको हो ।

कांग्रेसले बैठक स्थगित गर्न माग गरेपछि सत्तारूढ दल एमालेले पनि बैठक रोक्न र कार्तिक १५ गतेमात्र बैठक राख्न माग गर्दै अर्को निवेदन दिएको हो ।

कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ को भ्रमण परेकोले आजको बैठक स्थगित गर्न माग गरेको जनाइए पनि एमालेले भने अब १५ गते अगाडि पार्टीको कार्यक्रमहरूले गर्दा त्यतिन्जेल सम्मकालागि बैठक रोक्न माग गर्दै निवेदन दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्