Logo
Logo

प्रधानमन्त्रीले पीडितसँग भेटेनन्, हेलिकोप्टरबाटै अवलोकन



सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान प्रदेश १ का सुनसरी, मोरङ, ताप्लेजुङ, इलाम जिल्लाका बाढीपीडितको अवस्था बुझ्न आएका प्रधानमन्त्री देउवाले पीडितलाई नभेटी कर्मचारीबाटै बाढीपहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझेका छन् ।

प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको थियो । तर, प्रधानमन्त्री देउवाले पीडितलाई नभेटी हेलिकप्टरबाट मात्रै मन्त्रीहरूको जम्बो टोलीका साथ प्रभावित क्षेत्रमा घुमेका छन् ।

प्रधानमन्त्रीसँग प्रभावित जिल्लाको अवस्था बुझ्न ऊर्जामन्त्री पम्फा भुसाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ आएका छन् ।

आइतबार बिहानै देउवाले सशस्त्र प्रहरी बल पकलीमा सप्तरी सुनसरीका प्रमुख जिल्ला अधिकारीबाट ती जिल्लाको वस्तुगत अवस्थाको तथ्यांक लिएका थिए । उनले प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेशका मुख्य सचिवबाट पनि प्रदेशको अवस्था बुझेका थिए ।

विपत्तिको समयमा केही राहतको प्याकेज ल्याउलान् भन्ने आश गरेका बाढीपीडितले प्रधानमन्त्री देउवाले काठमाडौं फर्केर राहत प्याकेज घोषणा गर्ने आश्वासनमात्रै दिएका छन् । करिब पाँच मिनेट बोलेका देउवाले बाढीपीडितलाई यसअघि नै आर्थिक सहयोग गरेको बताउँदै काठमाडौँ फर्किएर मन्त्रीस्तरको बैठकबाट राहतस्वरूप गिफ्टको व्यवस्था गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्