Logo
Logo

अध्यक्ष ओली तीनसम्म प्रदेश १ मै रहने


1.6k
Shares

काठमाडौं । प्रदेश १ को बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पुर्व गएकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा झापा पुगेका छन् । आइतबार प्रदेश १ को बाढी प्रभावित क्षेत्र अवलोकनका लागि प्रधानमन्त्री देउवा पुर्व गएका छन् । आइतबार नै पुर्वप्रधानमन्त्रीसमेत रहेका ओली झापा गएका हुन् ।

अध्यक्ष ओली आफ्नो गृहजिल्ला झापा र मोरङमा हुने पार्टीको कार्यक्रममा सहभागी प्रदेश १ गएका हुन् । उनी आइतबार यति एयरलाइन्सको जहाजबाट झापा उडेका थिए । अध्यक्ष ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभु साह पनि रहेका छन् ।

अध्यक्ष ओलीसहितले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । सचिवालय सदस्य तथा संसद प्रतिनिधि होमबहादुर थापाका अनुसार अध्यक्ष ओलीले आइतवार बिर्तामोडमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

ओली तीन दिनका लागि पार्टी तीनजना शीर्ष नेतालाई लिएर लागि गृह जिल्ला पुगेका हुन् । ओलीले आजै धुलावारीमा कार्यकर्ता भेटघाटलाई कार्यक्रमलाई सम्बोधन गर्ने जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए ।

यस्तै, सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका–५ महारानी झोडामा साना किसान महिला सहकारी संस्थाको पाहुना घरको अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोमबार साँझ ओलीले विराटनगरमा पार्टी नेताहरुसँग आन्तरिक भेटघाट गर्दैछन् भने उनी मंगलबार बिहान काठमाडौँ फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्