फरार एमाले सांसद खातुन कहाँ छिन् ? « Drishti News – Nepalese News Portal
Logo

फरार एमाले सांसद खातुन कहाँ छिन् ?


दृष्टि संवाददाता


काठमाडौं । फौजदारी मुद्धा लागेकी प्रदेश १ का एमाले सांसद गुलेफुन खातुन फरार छन् । खातुन मोरङबाट समानुपातिक सांसद हुन् ।

सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएपछि सांसद खातुन लामो समयदेखि प्रदेशसभा बैठकमा उपस्थित भएकी छैनन् । उनी कहाँ छिन ? कसलाई थाहा छैन । तर, प्रदेश १ मा विश्वासको मतदान हुने बोल उनी चर्चामा आउँछिन् । आइतबार पनि सांसद खातुनको प्रशंग उठेको छ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएपछि खातुन मतदानका लागि आउने कुराले उनी चर्चा आएकी हुन् ।

खातुनलाई प्रहरीले फरार सूचीमा राखेको खोजिरहेको छ । सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिबानाको फैसला सुनाएको छ ।

अदालतले दोषी ठहर गरेर पनि पक्राउ नगरिएको भन्दै विरोध भएपछि उनी २०७६ पुसदेखि फरार भएकी हुन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार उनी लामो समयदेखि प्रदेशसभा बैठकमा आएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्