Logo
Logo

‘बाढीपहिरो प्रभावितका लागि दीर्घकालीन राहतको कार्यक्रम ल्याउछौँ’



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितका लागि दीर्घकालीन राहतको कार्यक्रम ल्याउने बताएका छन् ।

पाँचथर र इलामको बाढीप्रहिरो प्रभावित क्षेत्रको निरिक्षणपछि पाँचथरको फाल्गुनन्द गाँउपालिका ३ स्थित जलसिंह माध्यमिक विद्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

प्रदेश नम्बर एकमा सबैभन्दा धेरै क्षति पाँचथरमा भएको भन्दै उनले तत्काल मन्त्रीपरिषदको बैठक बोलाएर पीडितहरुको व्यवस्थापनका लागि विशेष राहतका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘सरकारले यसअघि आपतकालिन राहतको कार्यक्रमहरु मात्र ल्याएको हो, त्यस्ले तपाईँहरुको समस्या हल हुँदैन, हामी तपाईँहरुको व्यवस्थापनका लागि दिर्घकालिन कार्यक्रम ल्याउछौं ।’

सुदूरपश्चिम भ्रमणपछि बढीपहिरो पीडितको अवस्थामा बुझ्न आज प्रदेश नम्बर १ पुगेका देउवाले मोरङ, सुनसरी, पाँचथर र इलामको पहिरो प्रभावित क्षेत्रको हेलिकाेप्टरबाट निरिक्षण गरेका थिए ।

उनले इलामको फाकफोकथुम, माङ्सेबुङ, चुलाचुलि गाँउपालिकासहित पाँचथरको मिक्लाजुङ र फाल्गुनन्द गाँउपालिकाको हेलिकोप्टरबाट निरिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्