Logo
Logo

प्रदेशसभा बैठक स्थगित, भीम आचार्यको सत्ता लम्बियो



काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको सचिवालयले सूचना जारी गर्दै कातिक १५ गते सोमबार बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिएको छ ।

आज बस्ने तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल गर्ने कार्यसूची तयार भएको थियो । तर, अन्तिम समयमा कांग्रेस र एमालेले बैठक स्थगित गर्न सभामुसमक्ष लिखित माग गरेपछि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ मा बाढीपहिरोपछिको अवस्था अवलोकन गर्न आएको हुँदा सबै सांसद उत्तै गएकाले प्रदेशसभा प्रभावित हुने भन्दै बैठक स्थगित गर्न कांग्रेसले माग गरेको थियो । तर, विश्वासको मत विभाजन हुँदा आफ्ना सांसदले ‘फ्लोर क्रस’ गर्ने भएपछि कांग्रेसले बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई पत्र लेखेको हो ।

त्यसैगरी नेकपा एमालेले पनि पार्टीका अधिवेशनहरु चलिरहेको भन्दै बैठक स्थगित गर्न माग गरेको हो । तर, विपक्षी गठबन्धनका सांसदलाई आफ्नो पक्षमा मतदान गराउने योजनाअनुरुप आवश्यक तयारी नपुगेकाले एमालेले पनि बैठक स्थगित गर्न माग गरेको बुझिएको छ ।

आज प्रदेशसभा बैठक बस्ने र आजै मुख्यमन्त्री आचार्यको विश्वासको मतसम्बन्धी प्रस्ताव छिनोफानो हुने तयारी थियो । तर, आचार्यको सत्ता जोगाउन सांसद किनबेचको प्रसंग बाहिरिएपछि तरंग पैदा भएको छ । यसै कारण आज बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गरिएको हो ।

यसैबीच, नेपाली कांग्रेसले प्रदेश सरकारमा आलोपालको आधारमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग गरेको छ । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले बागमती प्रदेशमा जस्तै प्रदेश १ मा पनि आलोपालोका आधारमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने आफ्नो माग गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्