Logo
Logo

एमालेको कार्यालय माडवारीको घरबाट तुलसीलाल प्रतिष्ठानमा सर्ने



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालय ललिपुरको च्यासलमा सर्ने भएको छ । थापाथली स्थित एक व्यापारीको घरमा रहेको केन्द्रीय कार्यालय अब च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानबाट सञ्चलन हुने सम्झौता भएको हो ।

एमाले महासचिव ईश्वर पोखरेल र प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यबीच आज सम्झौता भएको छ । एमाले केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टी र प्रतिष्ठान बीचमा सम्झौता भएको जानकारी दिए ।

‘हामीबीच भएको सम्झौताअनुसार हामी पहिला प्रतिष्ठानमा वाम तथा लोकतान्त्रिक आन्दोलनको संग्रालय निर्माण गर्छौ । त्यसपछि पार्टी केन्द्रीय कार्यालय पनि उहीबाट सञ्चालन हुन्छ’ तामाङले भने ।

अहिले एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन भइरहेको छ । धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रष्ठिानबाट केन्द्रीय कार्यालय गत बैशाख १ गते थापाथली सरेको थियो । तर थापाथलीस्थित भवन कार्यालय सञ्चालनका लागि अपुग रहेकाले च्यासलबाट केन्द्रीय कार्यालय सञ्चालन गर्ने एमालेले निर्णय गरेको हो ।

एमालेको अधिकांश बैठकहरु च्यासलमै हुने गरेको छ । एमाले महासचिव पोखरेलले सम्झौता पश्चात फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्वपूर्ण समझदारी ! अब केही समयपछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गर्ने सम्पूर्ण कामहरू यहींबाट हुनेछन् …!’

प्रतिक्रिया दिनुहोस्