जनकपुरमा इन्जिनियरमाथि भएको दुरव्यवहारको विरोधमा प्रदर्शन « Drishti News – Nepalese News Portal
Logo

जनकपुरमा इन्जिनियरमाथि भएको दुरव्यवहारको विरोधमा प्रदर्शन


दृष्टि संवाददाता


जनकपुर । जनकपुरमा इन्जिनियर राजेश कुशवाहा दुरव्यवहार घटनाको दोषीलाई कारबाहीको माग गर्दै नेपाल इन्जिनियर्स एशोसिएसनले काठमाडौँमा प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौँको माइतीघरमा भेला भएर एशोसिएसनले कर्मचारीमाथिको दुरव्यवहार बन्द हुनुपर्ने र दुरव्यवहार घटनाको दोषीलाई कारवाहीको माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।

गत कात्तिक ४ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुरव्यवहार गरेका थिए ।

दोषीमाथि उचित कानूनी कारबाहीको माग गर्दै नेपाल इन्जिनियर्स एसोसिएसनले देशव्यापी रुपमा आन्दोलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्