Logo
Logo

मलाई अपराधी साबित गरेर मुलुकमा संघीयता उल्ट्याउने प्रयत्न भइरहेको छ : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् ।

आइतबार काठमाडौंमा पदम बिश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई नै अपराधी साबित गरेर मुलुकमा संघीयता उल्ट्याउने प्रयत्न भएको बताएका हुन् ।

प्रचण्डले जातीय बिभेदका लागि भएका बिद्रोहलाई समेत बदनाम गराउन खोजेको समेत बताए । दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफुले अनेक आरोप खेप्नुपरेको उनको भनाई छ । प्रचण्डले जातीय बिभेदको आन्दोलन सुरु गर्ने रोल्पा रुकुम जस्ता स्थानमा नै दलितसंग प्रेम गरेको आरोपमा मारिनुपर्ने घटना दुर्भाग्यपूर्ण रहेको धारणा राखे ।

प्रचण्डले संघीय लोकतन्त्रीक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरेपनि मुलधार भनिने पार्टीहरुले अझैपनि पुरातन सोचमा नै रहेको तर्क गरे । कार्यक्रममा ज्योति स्पर्श र रातो बारुद पुस्तक लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्