Logo
Logo

प्रधानन्यायाधीशले बोलाएको फूलकोर्ट १४ न्यायाधीशद्वारा बहिस्कार



काठमाडौं । प्रधानन्यायाधीश चेलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको फूलकोर्ट अन्य न्यायाधीशहरूले बहिस्कार गर्ने भएका छन् ।

प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनसहित बोलाएको फूलकोर्ट न्यायाधीशरुहले बहिस्कार गर्ने निर्णय गरेका हुन् ।
१४ जना न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

जबराले आइबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा सोमबार फूलकोर्टको बैठक बोलाउने र त्यहाँ छलफल गर्ने सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्