Logo
Logo

खेलकुदमन्त्रीलाई लोकतान्त्रिक खेलकुद संघको ध्यानाकर्षण



काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलालाई ध्यानकर्षण पत्र बुझाएको छ ।

सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने विश्व बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई खेल पोसाकसहित विदाई गर्ने कार्यक्रममा खेलाडीहरुप्रति गरिएको व्यवहार चित्त नबुझेको भन्दै संघले ध्यानाकर्षण गराएको हो ।

नेपाल बक्सिङ्ग संघले पूर्व सूचना गर्दागर्दै पनि खेलाडीहरुलाई उपस्थिती हुन रोक लगाएर नेपाल बक्सिङ्ग संघका पदाधिकारी र प्रमुख प्रशिक्षकले गरेको व्यवहार खेलकुद क्षेत्रलाई बद्नाम बनाउने प्रकृतिको रहेको भन्दै संघले छानविन गरी कारवाही गर्नसमेत माग गरेको छ ।

मन्त्री गहतराजले ध्यानकर्षण पत्र बुझ्दै के कस्तो एको हो त्यसबारे छानविन गरि निर्णय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्