Logo
Logo

फर्कन्छु भने पनि माधवलाई एमालेमा ठाउँ छैन : ओली



फाइल फोटो

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर जाने माधवकुमार नेपाललाई फर्केर आउँछु भने पनि ठाउँ नरहेको बताएका छन् ।

आइतबार गृह जिल्ला झापामा ओलीले माधव नेपालले एमालेमै फर्कन्छु भने पनि लिन नसकिने भन्दै अन्य नेताहरुलाई भने पार्टीमा फर्कन आग्रह गरेका छन् ।

माधव नेपाललई आपराधिक तत्वको संज्ञा दिँदै अध्यक्ष ओलीले भने– ‘माधव नेपालबाहेक अरु पार्टीमा फर्किए हुन्छ । अरु साथीहरु फर्कनुहोस् । तर माधव नेपाल जस्तो आपराधिक तत्वलाई फेरि नेकपा एमालेले लिँदैन । माधवका लागि एमालेमा कुनै ठाउँ छैन ।’

माधव नेपालको पछि लागेका दुई चार नेतालाई देखेर अचम्म लागेको भन्दै ओलीले कोही भ्रममा नपरी पार्टीमा फर्कन आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्