Logo
Logo

दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ जना घाइते



घोराही । तुलसीपुर उपमहानगर ६ मोतिपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा १ जना यात्रुको मृत्युु भएको छ भने २१ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेर घोराही १० निबासी २८ बर्षिय प्रेम नेपालिको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि सुरेसप्रसाद काफ्लेले जानकारी दिए ।

घोराही–तुलसिपुर जोड्ने फोरलेन सडक अस्तब्यस्त हुनुका साथै सडक भत्किएका कारण साघुरो हुँदा सामान्य ब्रेक लगाउदा सडक छेउमा पल्टिएर बस दुर्घटनामा परेको एसपि काफ्लेले बताए ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस मोतिपुरको ओरालोमा सडकदेखि तल खस्दा त्यसमा सवार २१ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बसले च्यापेका करिब २२ वर्षका युवकलाई जेसिभीको सहयोगमा उद्धार गरिएको र उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको बताए।

प्रतिक्रिया दिनुहोस्