Logo
Logo

एउटै व्यक्ति कांग्रेसको उपसभापति र एमालेको सचिवमा निर्वाचित भएपछि…



दार्चुला । दार्चुलामा एउटै व्यक्ति नेपाली कांग्रेसको वडा उपभापति र नेकपा (एमाले) को वडा सचिवमा निर्वाचित भएका छन् ।

कांग्रेसको ९ असोजमा सम्पन्न भएको वडा अधिवेशनबाट उपसभापति निर्वाचित भएका शंकर सिंह डोबाल हिजो एमालेको सम्पन्न वडा अधिवेशनबाट सचिवमा समेत निर्वाचित भएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका–२ को कांग्रेस उपसभापति रहेका डोबाल सोही वडाको एमाले सचिव समेत हुन सफल भएका छन् । सुरुमा कांग्रेसको उपसभापति भएका डोबालले पार्टी परित्याग वा एमाले पार्टी प्रवेश नगर्दै यस्तो अवसर पाउने भाग्यमानी नेता भएका छन् ।

‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन् । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकारी छैन’ कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने ।

शनिबार सम्पन्न एमालेको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

एमाले दार्चुलाले शनिबार दार्चुलाका स्थानीय तहहरूमा ६१ वटा वडाहरू मध्ये केही वडामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनको तयारी गरिएका वडाहरूमा शनिबार गरिएको र बाँकीमा कार्तिक मसान्त भित्रमा गरिने एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए ।

प्रतिक्रिया दिनुहोस्