Logo
Logo

प्रधानमन्त्रीले मिक्लाजुङ र माङसेबुङका बाढीपहिरो पीडितसँग २० मिनेट बिताए (तस्बिरहरु)


अतीत योङहाङ


काठमाडौं । असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको वर्षाले क्षतिग्रस्त पाँचथर र इलामका विभिन्न ठाउँमा प्रधानमन्त्री शेरबहादुर देउवाले निरिक्षण गरेका छन् ।

पाँचथर र इलामको सीमावर्ती चिसोपानी पञ्चमी बजार क्षेत्रमा प्रधानमन्त्री देउवाले निरिक्षण गरेका हुन् । पहिरोमा परी मृत्युभएका तथा बेपत्ताका परिवारसँग प्रधानमन्त्री देउवाले प्रत्यक्ष भेट तथा कुराकानीसमेत गरेका छन् ।

हेलिकप्टरबाट पुगेका देउवाले क्षतिग्रस्त क्षेत्रमा २० मिनेट अवलोकन गरेका थिए । बाढीपहिरोबाट प्रदेश १ को पाँचथरस्थित मिक्लाजुङ गाउँपालिका र इलामको माङसेबुङ गाउँपालिका सबैभन्दा धेरै प्रभावित छ ।

प्रधानमन्त्री देउवाले पहिरोमा परी घाइते भएकाकाे उपचार गर्न जाँदा बेपत्ता भएका चिकित्सक सुमन राईका श्रीमती राममाया सम्बाहाङफे लगायतसँग कुराकानी गरेका थिए । कुराकानीका क्रममा देउवाले आफू काठमाडौं पुग्नसाथ पीडितका परिवारलाई राहत तथा बेपत्ताको खोजिका लागि विशेष व्युरो परिचालन गर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्