Logo
Logo

प्रकृया पुर्याएर नेकपाका नेता कार्यकर्ता रिहा गर्ने सहमति



काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच पक्राउ परेको नेकपाका कार्यकर्ता रिहा गर्ने विषयमा छलफल भएको छ ।

file photo

गृह मन्त्रालयमा भएको छलफलमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्दै पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने विषयमा छलफल भएको हो । आजको छलफलमा तथ्यांक संकलन गरी रुजु गर्ने र पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ गर्ने तथा मुद्दा फिर्ता लिने विषयमा दुबै पक्ष सहमत भएका छन् ।

छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खाती तथा नेकपाका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।

सहमतिअनुसार नेकपाले सूची उपलब्ध गराउने र सरकारले पनि आफ्नो तर्फबाट सूची खोजेपछि रुजु गरी अन्तिम सूची तयार पारेर थप प्रकृया अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्