Logo
Logo

आज नेपाल ल्याइँदै एक लाख डोज फाइजर खोप



काठमाडौं । अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप आज (सोमबार) नेपाल आइपुग्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो ।

माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने यसअघि नै जनाइसकेको छ ।

उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ । नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ ।

सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ । उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ । यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्