Logo
Logo

काठमाडौंबाट ११ जना अफगानी नागरिक पक्राउ



काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । डिआईजी धिरजप्रताप सिंहका अनुसार आज बिहान सिनामंगलको एक घरबाट केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले उनीहरुलाई पक्राउ गरेको हो ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेको बताइएको छ । पक्राउ परेकामध्ये ६ जनासँग भारतको नक्कली आधारकार्डसमेत बरामद भएको सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्