Logo
Logo

तास खेलेको भेटिएपछि प्रजिअसहित तीन सुरक्षा अधिकारीलाई कारबाही



काठमाडौं । सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् ।

गृह मन्त्रालयका अनुसार कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई कारबाही गरिएको हो ।

प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको गृह मन्त्रालयले जनाएको छ ।

सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई पनि जिम्मेवारीबाट हटाइएका छन् । श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्