Logo
Logo

फुलकोर्ट बहिष्कार गरेका न्यायाधीहरु छुट्टै छलफलमा



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्च अदालतमा न्यायाधीशहरु छलफलमा जुटेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाएका थिए । तर फुलकोर्ट बस्ने/नबस्ने अन्योल छ भने इजलास पनि बस्ने सम्भावना देखिएको छैन ।

जबराले सोमबार दिउँसो साढे १ बजेका लागि नेपाल बार एसोसिएसनका पदाधिकारीसमेत सहभागी हुनेगरी ‘फुल कोर्ट’ बैठक बोलाएका हुन् । तर अन्य न्यायाधीशहरूले भने बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् ।

प्रधानन्यायाधीशले फुल कोर्ट बैठक बोलाएपछि आइतबारै अपराह्न सर्वोच्च अदालतमै बसेको १४ जना न्यायाधीशहरूको बैठकले त्यसमा सहभागी नहुने निर्णय गरेको हो ।

पाँच दलीय गठबन्धन सरकारसँग भाग खोजेको लगायत आरोपका कारण घेराबन्दीमा परेका जबराले आइतबार बार एसोसिएसनसँगको बैठकपछि फुलकोर्ट बोलाएका हुन् ।

आफूले गठबन्धन सरकारसँग मन्त्री भाग नमागेको र गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई नभनेको उनले आइतवार बताएका थिए ।

अहिले देखिएका सबै समस्या र उठेका प्रश्नको समाधानबारे सोमबार बस्ने फुल कोर्टमै छलफल गर्ने उनले बताएका छन् । आइतबार बारका पदाधिकारीसँग जबराले तीन घण्टा लामो छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्