Logo
Logo

प्रदेश १ : विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढेन, प्रदेशसभा बैठक स्थगित



विराटनगर । प्रदेश १ मा विश्वासको मतसम्बन्धी प्रक्रिया अगाडि बढ्न नसकेपछि प्रदेशसभा बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अगाडि बढ्न नसकेपछि कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित भएको हो ।

प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले कार्तिक १५ गते दिउँसो १२ः३० गते बस्ने गरी आइतबारको बैठक स्थगित गरेका हुन् ।

सभामुख भण्डारीले सर्वदलीय बैठक आह्वान गरी दलहरुसँग छलफल गरेर बैठक स्थगित गर्ने निर्णय गरेका हुन् ।

त्यसअघि नेपाली काँग्रेस र नेकपा एमालेले आइतबार बस्ने प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्